२०७७ निरर्थक रहेन, अब मेरो कित्ता कार्यक्रमः प्रधानमन्त्री ओली

काठमाडौं १ बैशाख । कोभिड महामारी भए पनि राजनीतक संकट देखापरे पनि गत वर्ष उपलब्धिकै वर्ष रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । जे भएपनि वर्ष २०७७ निरर्थक नरहेको प्रधानमन्त्री ओलीले दावी गरे ।
नयां वर्षको अवसरमा देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले गत एक वर्षमा सरकारले गरेको उपलव्धिको फेहरिस्त सुनाए । सरकारको उपलव्धीका क्रममा किसानका लागि भन्दै मेरो कित्ता कार्यक्रम (अनलाइन एप) सुरुवात हुने समेत प्रधानमन्त्रीले जानकारी दिए । दशकौंदेखि मेलम्चीको पानी ल्याएर खुसी बाँड्न सफल भएका प्रधानमन्त्री ओलीले दावी गरे ।
गत १४ महिनाका बीचमा दुई पटक सिंहदरबार पुगेका प्रधानमन्त्री ओलीले मन्त्री र आफ्ना सल्लाहाकारहरुलाई राखेर शुभकामना सन्देश दिएका हुन् ।
प्रधानमन्त्री ओलीले लडेर ल्याएको भनिकएको संसद चल्न नदिएको भन्दै पुनः संसदको व्यंग्य गर्न समेत प्रधानमन्त्री चुकेनन् ।

प्रधानमन्त्री ओलीले गरेको सम्बोधन केही अंश यस्तो छ ।

“२०७७ साललाई निरर्थक हुन दिएनौं। महामारीको कठिन महामारीबीच पनि अनलाइनमार्फत शिक्षा सञ्चालन गर्यौं।

जनताको जीवन बचाउन सकियो भने उद्योग, स्कुल सबै कुरा पुनः सञ्चालन गर्न सकिन्छ। नागरिकको जीवन नै रहेन भने कुनै कुरा चल्न सक्दैन। उद्योगहरु यदि केही समयका लागि बन्द भए भने नागरिक सुरक्षित रहे भने पुनः सञ्चालन गर्न सकिन्छ। मानिसको जीवन रहेन भने ती सञ्चालन गर्न सकिन्न।

त्यसअर्थ जीवनको सुरक्षालाई प्राथमिक महत्वमा राखेर कोभिडविरुद्धका गतिवविध सञ्चालन गर्यौं। हाम्रो सही नीतिकै कारण हामी असफल भएनौं। तुलनात्मक रुपमा जनजीवन सामान्य गर्न सक्यौं। ठूलो क्षति बेहोर्नुपरेन। आर्थिक वृद्धि दरमा केही प्रतिकूलता देखिए पनि ऋणात्मक अवस्तथामा जानुपरेन।

हामीले व्यापार घाटा कम गर्दै लाने दिशामा केही भए पनि कम गर्न सक्यौं। गएको वर्षलाई सफलताको वर्ष नै मान्नुपर्छ।

अघिल्लो वर्ष हामीले पृथकतावाद अन्त्य गरेर राष्टि«य एकता कायम गर्न सफलता हासिल गरेका थियौं। यस वर्ष हिंसाको बाटो लिइरहेको समूह (विप्लव) लाई शान्तिपूर्ण मार्गमा ल्याउन सफल भयौं। अब देशमा हिंसाको राजनीति छैन। अर्थात् हिंसाका माध्यमबाट राजनीतिक उद्देश्य प्राप्ति गर्ने कुनै समूह छैन।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board