फाटो र दूरी हटाएर विकासमा लागेको छु : प्रधानमन्त्री

काठमाडौं १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फाटो र दूरी हटाएर एकता कायम गर्ने ध्यानमा सरकार रहेको भन्दै सम्पूर्ण सामथ्र्य र शक्ति देश विकासमा केन्द्रित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले २०७७ सालमा राजनीतिक हिसाबले पृथकतावादलाई अन्त्य गर्दै राष्ट्रिय एकतातर्फ अघि बढेको भन्दै सान्तोष व्यक्त गरे प्रधानमन्त्रीले मेलम्ची ल्याउनु ठूलो उपलब्धि भएको बताए । ‘मेलम्चीको पानी दशकौंपछि काठमाडौंका धारामा झार्न सफल भयौं । पुनर्निर्माण र नयाँ निर्माणका काम पुरा गरेका छौं,’ उनले भने, ‘असाधरण महत्वका थुप्रै दूरगामी आयोजना अघि बढाएका छौं ।’

वर्तमान सरकारले कोसी, कर्णाली र कालीगण्डकी करिडोरको काम तीव्र भएको, राष्ट्रिय महत्वका सडक चौडा बनाइएको, नयाँ विमानस्थल निर्माणका साथै कतिपय विमानस्थल रातीमा पनि सञ्चालन गर्न सकिने बनाएको प्रधानमन्त्रीको दावी छ ।

प्रधानमन्त्री ओलीले प्रतिदिन साढे ५ किमी बाटो बनिरहेको, हरेक दिन १२ ओटा आवास निर्माूण भएको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असाधरण काम गरेको बताए । प्रधानमन्त्रीका अनुसार हरेक दिन एउटा झोलुंगे पुल हरेक दोस्रो दिन एउटा सडक पुल, हरेक तेश्रो दिन एउटा ग्रामीण सडक पुल निर्माण भइरहेको छ ।
प्रधानमन्त्रीले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाउने बताए । नेकपा एमालेको पहिलो सरकारले २०५१ सालमा मासिक १०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता, आफूले बढाएर अहिले दिनको १०० रुपैयाँ पु¥याएको र अझै बढाउने बताए । अहिले ३० लाख ६० हजारले प्राप्त गर्छन् । प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ५ लाख थपिएको बताए ।

। ‘यस वर्ष हिंसाको बाटो लिइरहेको एउटा समूहलाई शान्तिपूर्ण मूलधारमा फर्काउन सफल भएका छौं । राजनीतिक अभीष्ट शान्तिपूर्ण र संवैधानिक बाटोबाट प्राप्त गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भने ‘जनताको अभिमत नै राजनीतिकको निर्धारक तत्व हो । यससन्दर्भमा हामीले ठूला सफलताहरू प्राप्त गरेका छौं । आगामी दिनमा अझ सफलता हासिल गर्दै जानेछौं।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board