विकृतिजन्य गतिविधिको अन्त्य जरूरी : मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संस्कृति, सभ्यताको रक्षा र सामाजिक रूपान्तरणको अभियानलाई गतिशील बनाउनुपर्ने खाँचो औल्याएका छन् ।

लोकपर्व जुडशीतलका अवसरमा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ मा सरस्वती क्रिक्रेट टीम र कनकपट्टी युवा क्लबद्वारा तेतरियामा आज आयोजित जुडशीतल उत्सव र क्रिकेट प्रतियागिताको शुभारम्भ गर्दे मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिकको सम्मान गर्दै विकृतिजन्य गतिविधिको अन्त्य गर्नेतर्फ सबैको अग्रसरता आवश्यक छ भने ।

अन्योल र अराजक स्थितिलाई परास्त गर्नु आजको आवश्यकता भएको चर्चा गर्दै उनले उत्साह, उमङ्ग, प्रगतिका बाधकहरूलाई निरूत्साहित गरी जीवनलाई सार्थक बनाउन क्रियाशील हुनु पर्ने धारणा राखे । नीति, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झाले नकारात्मक र असुर प्रवृतिलाई परास्त गर्दे प्राकृतिक सम्पदाको रक्षा गर्नु जरूरी छ भने ।

मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले सामाजिक, आर्थिक रूपान्तरण, प्रादेशिक अधिकारको कार्यान्वयनका बाधक तत्वलाई हटाउने कार्यमा ऐक्यबद्धता आवश्यक छ भने । प्रदेशसभा सदस्य रामआशीष यादवले माटो र पानीबिना मानवको परिकल्पना गर्न नसकिने भएकाले प्रकृतिसँग सम्बन्धित पर्वलाई जीवन्त राख्नु् अपरिहार्य भइसकेको धारणा राखे । सो अवसरमा मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिक डा सोनफी यादव, जयशंकर महतो, जगदेव यादव, रामविलास साह, असर्फी साह, विन्देश्वर यादव, गङ्गा मण्डल, मुस्लिम राइन, सोनफी साह, विष्णु यादव र योगेन्द्र साहलाई सम्मान गरे ।

वडाध्यक्ष परमेश्वर यादवको सभापतित्वमा भएको सो समारोहमा मुख्यमन्त्री राउतलगायत ज्येष्ठ नागरिकद्वारा सहभागीहरूलाई माटो टीका लगाई शीरमा जल अर्पण गरी आशीर्वाद दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board