आइपिल क्रिकेटः बेंग्लोरको दोस्रो जित

काठमाडौँ २ बैशाख । ग्लेन म्याक्सवेलले अर्धशतक बनाएपछि आइपीएल क्रिकेटमा बेंग्लोरले दोस्रो जित निकालेको छ । बुधबार राती भएको खेलमा बेंग्लोरले हैदरावादलाई ६ रनले हराएको हो ।

चेन्नेईमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका लागि म्याक्सवेलले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३३ रन बनाए ।

१५० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको हैदरावादले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान डेभिड वार्नरले ५४ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै मनिष पाण्डेले ३८ रन बनाए । बेंग्लोरका शहबाज अहमदले तीन, मोहम्मद सिरजले दुई र हर्षल पटेलले दुई विकेट लिए । जितसँगै बेंग्लोर दुई खेलबाट शतप्रतिशत जितसहित ४ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । हैदरावाद दुवै खेलमा पराजित छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board