नेपालमा ४९० जना कोरोना संक्रमित, ५ को मृत्यु

काठमाडौँ २ बैशाख — पछिल्लो २४ घण्टामा नेपालमा ४९० जना कोरोना संक्रमित भएका छन् भने उपचारको क्रममा ५ जनाको मृत्यु भएको छ । ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ३ हजार ५८८ परीक्षणबाट बिहीबार ४९० जना संक्रमित पाइएका हुन् । त्यस्तै ५ सय ६४ एन्टिजेन परीक्षणबाट ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट ५३४ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

२४ घण्टामा १५७ डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ ।

हाल आइसोलेसनमा ४ हजार ३८४ र क्वारेन्टाइनमा ६८ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board