गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, अधिवेश बोलाउन समावेदन

पोखरा २ बैशाख — गण्डकी प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । ६० सदस्यीय प्रदेश ससभाका २८ सांसदको प्रस्तावमा हस्ताक्षर छ ।

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको छ । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

तर, ससत्तारुढ एमालेले भने अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन रातारात अन्त्य गरिदिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

अविश्वास प्रस्ताव पेसागरे लगत्तै कांग्रेस, माओवादी, राजमो र जसपाका सांसदहरू विशेष अधिवेशन माग गर्दै प्रदेशप्रमुखसमक्ष समावेदन गरेका छन् । २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ ।
यस अघि लुम्विीनी प्रदेशमा पनि मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव आउने आशंकामा चालु अधिबेशन अकास्मात अन्तय गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board