काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलएका छन् ।
उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी सर्वदलीय बैठक बोलाएका हुन् ।
उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले जानकारी दिए ।
COMMENTS