प्रमको सर्वदलीय बैठक प्रचण्डबाट बहिस्कार

काठमाडौं ४ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओललीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष समेत रहेका ओलीले शनिबार बिहान ११ बजेलाई बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् । तर अध्यक्ष प्रचण्डले आफू सिंहदरबारमा बैठक राखिए मात्र जाने अडान लिएको बुझिएको छ । बैठक बालुवाटारमा हुने भएपछि प्रचण्डले सर्वदलीय बैठक बहिस्कार गर्ने भएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board