पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ ४ बैशाख — कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार भने ९०० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएको सङ्क्रमतिसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ३ सय ३३ पीसीआर परीक्षणबाट शनिबार ७ सय ६८ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ७१ एन्टिजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट ८ सय ४३ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ ।

२४ घण्टामा २ सय २६ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ । हाल आइसोलेसनमा ५ हजार ५ सय ४५ र क्वारेन्टाइनमा ७४ जना रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board