लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव

रुपन्देही ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव अघि सारेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त भएका छन् ।

प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।
यस अघि गण्डकी प्रदेशमा पनि एमालेका मुख्य मन्त्री विरुद्ध अविश्वा प्रस्ताव दर्ता भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board