कोरोनाविरुद्धको दोस्रो चरणको खोप आजदेखि, को कोसले र कहाँ–कहाँ लगाउने ?

काठमाडौं ७ बैशाख । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई मंगलबारदेखि दोस्रो डोज लगाइँदैछ । यो खोप अभियान वैशाख ११ गतेसम्म जारी रहनेछ ।

गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने छ ।

खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।
फागुन १० पछि खोप लगाएकाहरुलाई भने दोसस्रो मात्राका लागि अझैसम्म खोपको ुनिश्चितता भएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board