प्रधानमन्त्री ओली आफै पार्टी विभाजनको पक्षमा हुनुहुन्छः नेतृ झाँक्री

काठमाडौं, ७ बैशाख । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ । मंगलबार बसेको नेपाल पक्षीय सांसदहरुको अनौपचारिक बैठकले नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सबै नेताले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निष्कर्ष निकालेको हो ।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेकाले स्पष्टीकरण दिने जानकारी दिइन् । उनले पार्टी विभाजनको पक्षमा पार्टी अध्यक्ष ओली एक वर्षअघिदेखि नै रहेको आरोप लगाइन् ।

उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मनोमानी गरिरहेको भन्दै आफूहरु एमालेको विधान र पद्धति बसाउन संघर्ष गरिरहेको पनि बताइन् । उनले भनिन्,‘पार्टी विभाजनको पक्षमा ओली आफैं हुनुहुन्छ । जबजको सिरानी हालेर त्यही सिद्धान्त विरूद्ध खडा हुनुहुन्छ । सबै अधिकार आफूमा राखेर हिँड्नु खोज्नु भएको छ । त्यही सिलसिला अन्तर्गत अहिले २७ जनालाई स्पष्टीकरण सोध्नुभएको हो । पार्टीभित्र संघर्ष पनि जारी राख्छौँ । पार्टी र सिद्धान्तका लागि लड्छौं । भुईँमा लडेपनि धुलो टकटक्याएर लड्छौँ ।’

अध्यक्ष ओलीले मंगलबार माधव पक्षका संघका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण दिन भनेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board