काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा : कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, ९ वैशाख । काठमाडौं उपत्यकासहितका स्थानमा पानी परिरहेको छ । स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी, बागमती र प्रदेश २ मा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिने अनुमान छ । विहान पौने छ बजे गरिएको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर पानी परेको छ । ‘पश्चिमी वायुको सिस्टमको मुभमेन्ट छिटो छ र यो पूर्वउत्तरतिर सरिरहेकाले केहीबेरमै पानी पर्ने क्रम रोकिन्छ,’ मौसमविद प्रतिभा मानन्धरले भनिन् । मौसमविदक अनुसार आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना छ । पश्चिम क्षेत्रमा भने भोलि पनि मौसम बदलीसँगै वर्षाको पनि सम्भावना छ । अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ् समेत पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board