हामीलाई एमाले हुन ओली दिएनन् : खनाल – नेपाल समूह (अपिलको पूर्णपाठ)

काठमाडौँ ८ बैशाख । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई हुन नदिन अनेक दाउपेच गरेको आरोप लगाएका छन् । ७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा १५जना पदाधिकारी तथा स्थायी ससमतिका सदस्यहरुले सामूहिक अपिल जारी गर्दै आफूहरुलाई एमालेमा रहन नदिन पार्टी अध्यक्ष ओलीले अनेक दाउपेचहरू गसरिरहेको गुनाससो गरेका छन् ।

‘हामीलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन् । २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर हामी पार्टी एकता जोगाउन चाहन्छौं । त्यसैले हामीले नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौं’ भन्दै देशभरका कार्याकर्तालाई नेतृत्वको निरंकुशता विरुद्ध जुध्न अपिलमा गरिएको छ । ‘अपिलमा भनिएको छ,त्यसका निम्ति फागुन २८ र तत्पश्चात भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्छ र २०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ । यदि त्यसो भयो भने नेकपा एमालेको एकता जोगिन्छ । एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ ।’

पछिल्लो समय ओलीले चालेका कदम एमाले विभाजन हुनु साथै कम्युनिष्ट आन्दोलनको विसर्जनको दिशामा रहेको बताएका छन् ।


‘केपी ओलीले जुन दिशामा लैजाँदै हुनुहुन्छ त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्त्यतः कम्युनिष्ट आन्दोलनकै विसर्जनको दिशा हो । यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारका विरुद्ध उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ,’ अपिलमा छ, ‘हामीले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पार्टीको एकता र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि संगठित अभियान सुरु गरेका छौँ । पार्टी अध्यक्षसँग अनेकौँ विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन् । जसका बारेमा पार्टी केन्द्रिय कमिटीको विधिवत बैठकबाट समाधान गर्न सकिन्छ । त्यसका लागि २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ भन्ने हाम्रो माग हो, दाबी हो ।’
अध्यक्ष ओलीसंग असन्तुष्ट नेता नेपालको हिजो दुई घण्टा छलफल भएको थियो भने आज पनि यो समाचार तयार पार्दा ओली नेपाल वार्ता शुरु भएको छ । यस अअि आजकै एक कार्यक्रममा ओलीले समूहको माग नमान्ने चेतावनी दिइसकेका छन् ।


सामुहिक अपिल यस्तो छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board