बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ११ बैशाख । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको शुक्रबार साँझ ६:१५ बजे मृत्यु भएको हो । यस्तै नेपालगन्ज–५ का ८६ वर्षीय पुरुषको साँझ ७ बजे र नेपालगन्ज त्रिभुवन चोक ठेगाना भएका ३५ वर्षीय पुरुषको गएराति ९स्२३ बजे मृत्यु भएको हो । यस्तै नेपालगन्ज–१० की ६१ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको फाकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।रुपन्देहीमा एक जनाको मृत्यु रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । चैत ३० गते कोरोना संक्रमण पुष्टि भएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।उनको उपचारका क्रममा शुक्रबार साँझ ६:३० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board