भारतमा एकैदिन तीन हजार बढीको मृत्यु : ३ लाख ९२ हजार बढी संक्रमित

काठमाडौँ, १९ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिन झण्डै ४ लाख कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन । त्यस्तै मृत्यु दर पनि निकै उच्च देखिएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार ६८८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेको छ ।त्यस्तै कुल मृतकको संख्या २ लाख १५ हजार ५२३ पुगेको छ । त्यहाँ अहिले पनि ३३ लाख ५२ हजार ६६१ जना संक्रमित रहेका छन ।त्यसैगरी ब्राजिलमा ६० हजार १३ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४७ लाख २५ हजार ९७५ जना पुगेका छन ।त्यस्तै थप २ हजार २७८ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म मृत्यु हुनेको कुल संख्या ४ लाख ६ हजार ५६५ पुगेको छ ।

कोरोना संक्रमणले अधिक प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा ४१ हजार ७९२ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म कुल संक्रमितको संख्या ३ करोड ३१ लाख ४५ हजार ७६६ पुगेको छ ।

त्यस्तै थप ६६१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको कुल संख्या ५ लाख ९० हजार ७०४ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board