राष्ट्रपति भण्डारीबाट वैशाख २७ मा संसदको अधिवेशन आह्वान

काठमाडौं, १९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन वैशाख २७ गतेका लागि आह्वान गरेकी छन् ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बजेट अधिवेशनको बैठक वैशाख २७ गते दिउँसो १ बजेका लागि आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेछन् ।

‍‘मन्त्रिपरिषदको मिति २०७८/१/१९ को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १ स् ०० बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ ।’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने मन्त्रिपरिषद् बैठकमा जानकारी गराएको जनाइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board