भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

काठमाडौं, १९ बैशाख । सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने भएको छ । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board