आज उपत्यकाका तीन सिडिओको बैठक, थप केही क्षेत्रमा निषेध गर्ने तयारी

काठमाडौं । सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ ।निषेधाज्ञालाई कडाइ गर्न थप केही क्षेत्रमा निषेध गर्ने गरी बैठक बस्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ‘भोलि बैठक बसेर थप केही क्षेत्रमा कडाइ गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार खाद्यान्न पसल पनि बिहान मात्र खोल्न दिने विषयमा छलफल भइरहेको छ । तर, निर्णय भइसकेको छैन । सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीको आवतजावतमा पनि कडाइ गर्ने तयारी गरिएको छ ।

एक चौथाइ कार्यालय मात्र खेलेर सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न दिने भनिएको छ । अत्यावश्यक बाहेकका केही कार्यालय बन्द गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल हुने भनिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि एक साताको निषेधाज्ञा लगाएका छन् । मन्त्रिपरिषद्ले थप एक साता निषेधाज्ञा लगाउने निर्णय गरिसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board