लुम्बिनीमा दुई स्वतन्त्र प्रदेशसभा सदस्य एमालेमा


२० वैशाख :
सूर्य चिह्न लिएर प्रदेशसभा सदस्यमा निर्वाचित कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) (१) ख का अजय शाहीले आफूहरु नेकपा (एमाले) प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शंकर पोखरेलप्रति आफूहरुको समर्थन रहेको स्पष्ट गर्नुभएको छ ।
नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वको सरकार गठनको दाबीमा आफूहरुको हस्ताक्षर हुनु बदनियत र त्रुटिपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । नेता केसीले मुख्यमन्त्रीका लागि आइतबार प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीमा श्रीवास्तव र शाहीसहित ४२ जनाको हस्ताक्षर थियो ।
–––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board