काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो।
मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।
COMMENTS