रातभरिमा थप २५ जना संक्रमितको मृत्यु, बाँकेमात्रै १० जना

काठमाडौँ, २३ बैशाख । कोरोना संक्रमणबाट बुधबार रातिदेखि बिहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा २५ जनाको ज्यान गएको छ। पछिल्लो तथ्यांक अनुसार बाँकेमा १० जना, कैलाली र दाङमा ४/४ जना, पाल्पा, बागलुङ र पर्सामा २/२ जनाको मृत्यु भएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिले जानकारी दिएका छन्।

बाँकेमा कोरोनाबाट थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः४० बजे मृत्यु भएको छ । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुषको बुधबार राति २२ः२० बजे र नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यो बुधवार राती देखि विहिवार विहान सम्मको तथ्याँक हो । यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।

यसैवीच चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय माडीकाका जानकारी अनुसार माडी नगरपालिका वडा नं। ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो । यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board