कुनै सहमति भएको छैन, भ्रभमा नपरौं –नेपाल

काठमाडौं, २४ बैशाख ।  नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले वार्ता र लचकता अपनाउने बताउनुभएको छ । उहाँले अहिलेसम्म कुनै पनि सहमति नभएको पनि बताउनुभएको छ । एमालेभित्र देखिएका विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरू छलफलमा छन्।यसैतर्फ संकेत गर्दै नेता नेपालले शुक्रबार बिहान अहिलेसम्म कुनै पनि सहमति नभएको बताउनुभएको हो । ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो,’ उहाँँले भन्नुभएको छ , ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’
नेता नेपाल र अध्यक्ष ओलीबीच भेटवार्ताको तयारी भइरहेका खबरबीच नेपालले उक्त कुरा सामाजिक सञ्जालमार्फत् व्यक्त गर्नुभएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board