संघीय संसदका १५ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । संघीय संसदका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संघीय संसद सचिवालयले बुधबार गरिएको पीसिआर परीक्षणमा १५ कर्मचारीलाई संक्रमण पुष्टि भएको जनाएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । ४ मन्त्रीसहित १४ जना सांसदलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

२७ गते संसद् बैठक बस्नुअघि संघीय संसद्मा सम्लग्न हुने सांसद्, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सहयोगीलगायतको कोरोना परिक्षण गरिएको हो । नतिजा आउने क्रम जारी नै छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board