देउवा र प्रचण्डबीच छलफल, एमालेमा म्याराथुन वार्ता

काठमाडौं २४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा र प्रचण्डबीच सांझ ६ बजे बुढानिलकण्ठमा कुराकानी भएको हो । । उनीहरुबीच करिव आधा घण्टा छलफल भएको देउवाका निजी सचिव भानु देउवाले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने र जेठ ६ गते राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन हुने भएपछि नेताहरुको म्याराथुन छलफल चलिरहेको छ । प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्र बनाएका हुन् ।

यसअघि हिजो एमाले नेता माधवकुमार नेपाल पनि बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका थिए भने अस्ति प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुले देउवासँग छलफल गरेका थिए ।
विहीबार र शुक्रबार सत्तारुढ दल एमालेका प्रतिस्पर्धी समूहका नेताहरुबीच विभिन्न चरण र तहमा समेत छलफल चलिरहेको छ । यतिबेला एमाले विभाजन कि एकता भन्ने निर्णायक मोडमा उभिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board