माधव पक्ष र ओली पक्षका नेताबीच छलफल जारी ,महासचिव पोखरेल राष्ट्रपति शीतल निवासमा

काठमाडौं २४ । नेकपा एमालेको एकता बचाउने अन्तिम उपाय खोज्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा दुवै तर्फका दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा दुवै पक्षका नेताहरुबीच सहमतिको लागि बुँदागत छलफल चलिरहेको एक नेताले बताए ।

छलफलमा माधव नेपाल पक्षबाट नेताहरू सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराई र अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति ससदस्य विष्णु रिमाल सससहभागी छन् ।

पार्टीलाई जेठ २, २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढाउनु पर्ने माधव पक्ष प्रस्ताव छ । तर पनि ससहमतिको टुंगो लागिनसकेको एक नेताले बताए ।

यसैबीच नेताहरुबीच छलफल भइरहेका बेला उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । हिजो राती माधव नेपालले राष्ट्रपति भण्डारीसंग एकताको सूत्रका बारेमा बताएको स्रोतको दावी छ । हिजो मात्रै अध्यक्ष ओली तीन पटक राष्ट्रपति भण्डारीलाई भेटेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board