उच्च अदालत पाटनमा कार्यरत प्रहरीको शव खेलामा भेटियो

काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा आज एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो ।

गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयवासीले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board