कोभिडविरुद्धको लडाइँ सफल बनाउन सबैको भूमिका आवश्यक छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्धका लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा उनले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गरिने आश्वासन उनले दिएको प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

कोभिड–१९ विरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यक रहेकामा उपप्रधानमन्त्री पोखरेलले जोड दिए । सो अवसरमा केन्द्रका अध्यक्ष महावीर पुनले कोभिड–१९ को संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको र अहिलेसम्म ३८ हजार ५०० थान पिपिई निःशुल्क वितरण गरिसकेको जानकारी दिए । वैज्ञानिक पुनले संकटकालीनावस्थामा त्यहीअनुसारको अध्यादेश र कानून बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्रीलाई आग्रह गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board