चीनले दिएको चार सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

काठमाडौं, २९ बैशाख । चीन सरकारले दिएको ४ सय अक्सिजन सिलिन्डरसहित १ सय ७३ अक्सिजन कन्सन्ट्रेटर मंगलवार नेपाल आइपुगेका छन् ।निगमको वाइड–बडी ए ३३० मार्फत आज दिउसो साढे २ बजे ती सामग्री काठमाडौंमा अवतरण भएको विमानस्थलले बताएको छ । चीनको होङ्सी होल्डिङ गुप्रले दिएको २ सय थान अक्सिजन कन्सनटेटरमध्ये नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १ सय ७३ वटा अक्सिजन कन्सनटेटर ल्याएको हो । यसअघि ४ सय सिलिन्डर र २० थान भेन्टिलेटर आउने भनिए पनि अहिले संशोधन भइ ४ सय थान सिलिन्डर, १० थान भेन्टिलेटर र १ सय १७ थान अक्सिजन कन्सन्ट्रेटर ल्याउन लागिएको हो । यी सामान लिन नेपाल एयरलाएइन्सको वाइडबडी जहाज सोमवार बेलुका बेइजिङ प्रस्थान गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board