पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सले जितेको छ । आज भएको खेलमा काठमाडौंले धनगढी एफसीलाई १–० गोल गर्दै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले धनगढीलाई १–० ले पराजित गर्‍यो । धनगढीलाई जित दिलाउन मोसोउके ओलोओमुले निर्णायक गोल गरेका छन् । उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए । विशाल श्रेष्ठको क्रस पासमा उनले गोल गरेका हुन् । खेलको २९ औं मिनेटमा ओलोओमोउले डी बक्स नजिकबाट हानेको फ्रिकिक बल आउट भएको थियो । धनगढीका लागि खेलको ३४ औं मिनेटमा डिफेन्डर फ्यान्किल टालाले कर्नरबाट आएको बल डी बक्सभित्रबाट हेड गरे पनि गोलमा परिणत हुन सकेन ।

खेलको इन्ज्युरी समायमा काठमाडौंका इस्टिफिन बिनोगनले वान टु वान लिएको बललाई ६ यार्ड नजिकबाट हाने पनि गोल गर्न सकेनन् । ५२ औं मिनेटमा धनगढीका निशान खड्काकाले कर्नरबाट हानेको पास सोजन राईको खुट्टामा लागेर गएको थियो । खेलको ५४औं मिनेटमा धनगढीका निशान लिम्बूले हानेको क्रस पास विशाल राईले डी बक्सभित्रबाट हेड गरे पनि गोलमा परिणत हुन सकेन । उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता धनगढीले १५ लाख पाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board