काठमाडौं,३ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कस्तो बनाउने भन्नेबारे सुझाव मागेका छन् । प्रचण्डले फेसबुक पेजमार्फत इमेलमा सुझाव पठाउन अपिल गरेका हुन् ।
आगामी दिनमा विचार, राजनीति, संगठनात्मक संरचनालगायतबारे नयाँ ढंडले अगाडि बढाउने बढाउने सोच राखेकाले उचित राय सल्लाह दिन प्रचण्डको आग्रह छ । ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपाङ्ग एवं शहीद परिवारलगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ’, प्रचण्डले भनेका छन् ।
प्रचण्डले [email protected] मा आफ्नो राय सुझाव पठाउन आग्रह गरेका छन् ।
COMMENTS