भारतमा अहिलेसम्मकै रेकर्ड मृत्यु, पछिल्लो २४ घण्टामा ४३४० निधन, संक्रमण घट्यो

काठमाडौं, ४ जेठ । छिमेकी मुलुक भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ४ हजार तीन सय ४० जना सङ्क्रमितको मृत्यु भएको हो । भारतमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको थिएन । यसअघि दैनिक चार हजार हाराहारीमै सङ्क्रमितको मृत्यु भइरहेको थियो ।भारतमा कोरोना नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त भइरहे पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने बढ्दो क्रममा रहेको हो । भारतमा दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ४५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या विश्वका अन्य मुलुकमा एकै दिन थपिएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।तर यसअघि दैनिक चार लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही दिनदेखि सङ्क्रमण घट्दो क्रममा रहेको हो । भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ५२ लाख २७ हजार नौ सय ७० पुगेको छ ।दुई करोड १५ लाख ९० हजार तीन जना उपचारपछि निको भएका छन् । ३३ लाख ५९ हजार दुई सय १६ जनाको उपचार भइरहेको छ । उपचाररत सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board