कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु, ८३०५ जना संक्रमित

काठमाडौं ६ जेठ, । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९० जनाको मृत्यु भएको छ भने ८३०५ जना संक्रमित भएका छन् । यही अवधिमा ६५४३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।

संस्थागत आइसोलेसनमा ७ हजार ८१४ जना संक्रमित छन् । उनीहरुमध्ये १७४८ जना आईसीयूमा छन्, जसमध्ये ४९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board