प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, धारा ७६ को (५) अनुसार सरकार गठन प्रक्रिया थाल्ने

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत नलिइ धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियाअघि बढाउने निर्णय गरेको हो ।संविधानको धारा ७६ को उपधारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन नसके स्वतः मध्यावधि चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
बहुमतको आधारमा सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा अल्पमतको सरकारको रूपमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकि थिइन । अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ (३) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।
अल्पमतको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधि सभाका जुनसुकै सदस्यले बहुमत छ भन्ने आधार पेस गरेमा उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । यस्तै बैठकले संसद्को अधिवेशन जेठ ९ गते गर्ने निर्णयसमेत गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board