महन्थ – महतो प्रम भेट्न बालुवाटारमा

काठमाडौ ६ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । कुनै पनि गठवन्धन सरकारमा सहभागी नहुने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको अग्रसरता लिने निर्णय गरेको जसपाका अध्यक्ष ठाकुरले प्रम ओलीलाई भेट्न लगोका हुन् ।

विवादको उत्कर्षमा पुगेको जसपामा अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच गत जेठ ४ गते आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्नेलगायत आठ बुँदे सम्झौता भएको थियो ।

आजैको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठन गर्ने मन्त्रीहरुलाई ब्रिफिङ गरेका बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board