माधव समूहका निकृष्ट अपराध र एकताको नाटक मञ्चनको मुकुण्डो उदांगो : महासचिव पोखरेल

काठमाडौं ७ जेठ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभाको निर्वाचनमा माधव नेपाल पक्षले निकृष्ट अपराधको बाटो अपनाएको भन्दै एकताको मुकुण्डो उदांगो भएको बताएका छन् ।
पोखरेलले उनीहरुको लज्जास्पद हर्कत र बेइमानीपूर्ण क्रियाकलापमा क्षमा नहुने चेतावनी दिएका छन् ।

महासचिव पोखरेलले राष्ट्रिय सभाको बागमती प्रदेशको उपनिर्वाचनमा रामबहादुर थापा पराजित भएपछि फेसबुकमा लामो स्टाटस लेख्र्दै उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको भन्दै एमालेभित्र बनिरहेको एकताको वातावरण धमिलिएको बताएका पोखरेलले बताएका छन् ।

पोखरेलले माधव पक्षले अपराधपूर्ण कामले पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो उदांगो भएको जनाएका छन् ।

पोखरेलले भनेका छन्– आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीयर लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।

महासचिव पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमाले विरोधी महा गठबन्धनको भन्दा एमालेका बलियो उपस्थिति रहेको र आउने चुनावहरुमा एमालेसँग सबै मिले पनि प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board