जसपाको ठाकुर–महतो पक्षको दलको बैठक आह्वान, ओलीलाई समर्थन गर्ने !

काठमाडौं ७ जेठ । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जसपा सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए ।
११ बजेतिर हाम्रो संसदीय दलको बैठक बस्छ। त्यही बैठकले सरकार गठनबारे निर्णय लिन सक्ने नेता कर्णले बताए ।
पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन।
उपेन्द्र यादव निकट स सांसद प्रदीप यादवले आफूहरूलाई दलको बैठकबारे खबर नआएको बताए।
ठाकुर–महतो पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ। उक्त समूहले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन समेत गरिसकेको छ।
यसअघि ठाकु र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति गरेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो। संभवत ठाकुर–महतोको बैठकले प्रधानमन्त्री ओलीको सरकारमा सहभागी हुनसक्ने निर्णय लिने अड्कल गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board