जसको नेतृत्वमा पनि सरकार बनाउन कांग्रेस तयार, केही बेरमा सर्वदलीय छलफल

काठमाडौं ७ जेठ, । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकाल्दै सबै विकल्पमा खुला रहने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीको बैठकले सबै दलसँग छलफल गरेर ओली प्रवत्तिलाई रोक्न पहल गर्ने निर्णय गरेको छ । यस अघि कांग्रेसले आफ्नै नेतृत्वमा ओलीको विकल्पमा सरकार बनाउने निर्णय गरेको थियो । आजको बैठकले यो निर्णय बदलेको छ ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ ।

कांग्रेसले केही बेरमा नेकपा माओवादी केन्द्र र एमालेका बरिष्ठ नेता माधव नेपाल तथा जसपाका नेताहरुसंग छलपल गर्न लागेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board