माधव नेपालले भने ओलीले ससंदको चीर हरण गरे, देशभरबाट प्रतिवाद गरौं

काठमाडौं ८ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गरी चुनावमा जाने निर्णयलाई लोकतन्त्रको चीरहरण भएको भन्दै ‘प्रतिवाद गर्न आह्वान गरेका छन् ।

सामाजिक सन्जाल ट्विटमा विहानै लेख्दै नेपालले चुनाव घोषणालाई प्रतिगमन भाग दुईको स.ज्ञा दिएर आक्रोश व्यक्त गरेका छन् । उनले लेखेका छन् ‘स‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’

उनले संविधानको मर्ममाथि कुठाराघात भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको आलोचनासमेत गरेका छन् । ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो,’ नेता नेपाल भन्छन्, ‘केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’
नेता नेपालले हिजो विपक्षीदलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावमा हस्ताक्षर गर्दै शितलनिवासमा समेत पुगेर माग गरेका थिए । नेपाल सहित उनी समर्थक २६ जना एमाले सांसदले देउवालई समर्थन गरेका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board