काठमाडौं ८ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरूले बहुमतसहित प्रधानमन्त्रीको विकल्प दिँदादिँदै पनि प्रतिनिधि सभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि राष्ट्रपति र प्रधानमन्त्रीले जालसाजी गरेको आरोप लगाएका छन् ।
नेता पौडेलले प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने चेतावनी दिएका छन् ।
कांग्रेसले अरू दलसँग मिलेर राष्ट्रपति र प्रधानमन्त्रीका संविधानविरोधी कदमको सयुक्त रूपमा विरोध गर्ने उनले बताए।
गत पुस ५ गते संसद विघटन हुंदा कांग्रेस एक्लै आन्दोलनमा गएको थियो । यसपटक कांग्रेस कसरी उत्रन्छ भन्ने कुरा अझे स्ष्पट भएको छैन ।
COMMENTS