सर्वोच्चमा रिट दायरका लागि धमाधम हस्ताक्षर गर्दै सांसदहरु

काठमाडौँ, ९ जेठ । काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरुले धमाधम हस्ताक्षर संकलन गरिरहेका छन् ।

सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संसदीय दलमा आ आफ्ना पार्टीका सांसद नागरिकतासहित उपस्थित भएर हस्ताक्षर गरिरहेका छन् ।विपक्षी गठबन्धनमा रहेका १४९ जना सांसदहरुका तर्फबाट रिट दायर गर्ने तयारी छ । त्यसका लागि गठबन्धनका नेताहरु अहिले कानुनविद्हरुसँग पनि छलफलमा छन् । उनीहरुले आजै सर्वोच्चमा रिट दायर गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा संसद् विघटन गरेकी थिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board