नागरिकतासम्बन्धी अध्यादेशमा कस्तो छ व्यवस्था ? (पूर्ण पाठसहित)

काठमााडौ, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ आज जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गर्नुभएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ मा‘जन्मसिद्ध’ (जन्मको आधारमा नागरिकता लिएका) नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रावधान अध्यादेशमा राखिएको छ ।

बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा राखिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि प्रतिनिधि सभामा विचाराधीन छ । हाल प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत विभिन्न प्रावधानको व्यवस्था गरेको हो ।

अध्यादेशमा यस्तो छ व्यवस्था

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board