एमालेबाट निष्कासित भएपछि झलनाथ खनालले दिए यस्तो प्रतिक्रिया

काठमाडौं, १० जेठ । नेकपा एमालेबाट निष्कासित नेता झलनाथ खनालले आफूहरुलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनका ‘गद्धार’ रहेको भन्दै खनालले कारवाहीले केही फरक नपर्ने बताए । ‘कम्युनिष्ट आन्दोलनका गद्धारले हामीमाथि गर्ने कथित कारवाहीको अर्थ छैन’, खनालले भने । उनले नयाँ पार्टी गठन लगायतका विषयमा पर्याप्त छलफल गरेर अगाडि बढ्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board