फेरि थपियो निषेधाज्ञा: अब किराना पसल खोल्न पनि नपाइने

काठमाडौँ, ११ जेठ ।  काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप एक साताका लागि लम्बाइएको छ । कोरोना संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा लम्बाइएको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

यस्तै निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेपछि सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय पनि भएको छ । यस्तै निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको छ । यो अवधिमा संक्रमण दर घटे क्रमशः विभिन्न क्षेत्रलाई खुकुलो पार्दै लैजाने गृह मन्त्रालयको तयारी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board