कांग्रेसको निष्कर्ष : प्रधानमन्त्री ओलीले कोरोनाको आडमा सत्ता टिकाउन खोजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणमा नलागेर बरू जनतामा आतंक फैलाउने खालका काम गरिरहेको बताएको छ । दुई दिनमा साताका लागि खाद्यान्नलगायत सामग्री किन्न भन्नेजस्ता जनतामा आतंक फैलाउने काम सरकारले गरेको कांग्रेसको आरोप छ। दुई दिनभित्र किनमेल गर्नु भन्नेजस्ता कुरा गरेर यो सरकार जनतामा आतंक फैलाउन खोज्दैछ,’ सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले भने ।

सरकारले पिसिआर परीक्षण नगर्ने, संक्रमितको उपचार नगर्ने तर जनतामा आतंक फैलाउने काम गरिरहेको भन्दै कांग्रेस बैठकले निन्दासमेत गरेको महतले जानकारी दिए । सभापति देउवाले केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाए पनि त्यसअनुसार सरकार अगाडि नबढेको उनले बताए। संक्रमितलाई उपचार गर्नेभन्दा पनि कोरोनाको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धी गर्ने कोसिस सरकारबाट भइरहेको छ यसमा हामीले भर्त्सना गरेका छौं,’

उनले भने कांग्रेसले जनताका आवश्यकता र पीरमर्का बुझ्न पनि सरकारलाई आग्रह गरेको छ । दैनिक ज्यालादारीदेखि साना लगानीका उद्यमहरू संकटमा परेकोले हातमुख जोर्न सरकारले सहयोग गर्नुपर्ने कांग्रेसको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board