राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटाले लिए सपथ

काठमाडौं, १४ जेठ । राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले सपथ लिएका छन्।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।देवकोटा गत जेठ ६ मा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी भएका थिए।स्वतन्त्र रूपमा उठेका उनलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो।देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board