विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ करोड नाघ्यो

काठमाडौं, १५ जेठ ।   विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आज (शनिबार) बिहानसम्ममा १७ करोड नाघेको छ ।एकै दिन चार लाख ८९ हजार पाँच सय ४८ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या १७ करोडबाट उकालो लागेको हो । जम्मा सङ्क्रमित १७ करोड एक लाख छ हजार पाँच सय २४ पुगेका छन् ।विश्वमा केही दिनयता दैनिक थपिने नयाँ बिरामीको सङ्ख्यामा कमी आएको छ । यसअघि एकै दिन सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने १० हजारभन्दा कम हुन सकिरहेको छैन ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १५ करोड २० लाख ८८ हजार सात सय एक जना उपचारपछि निको भएका छन् । एक करोड ४४ लाख ८१ हजार ७२ जनाको उपचार जारी रहेकोमा ९३ हजार चार सय ५१ जनाको अवस्था चिन्ताजनक छ ।विश्वमा पछिल्लो २४ घण्टाभित्र ११ हजार पाँच सय ६६ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण विश्वमा ३५ लाख ३६ हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन २१ हजार आठ सय १५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४० लाख २१ हजार छ सय ५९ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७७ लाख ६५ हजार तीन सय ७५ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । ५६ लाख ४७ हजार तीन सय ५२ जनाको उपचार जारी रहेकोमा छ हजार पाँच सय १२ जनाको अवस्था गम्भीर छ ।पछिल्लो २४ घण्टामा पाँच सय ९७ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म अमेरिकामा कोरोनाका कारण छ लाख आठ हजार नौ सय ३२ जनाको मृत्यु भइसकेको छ ।छिमेकी मुलुक भारतमा एकै दिन एक लाख ७१ हजार सात सय २६ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा देखिएका सङ्क्रमितको भन्दा धेरै हो ।

भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ७७ लाख १९ हजार चार सय ३१ पुगेको छ । दुई करोड ५१ लाख ७० हजार नौ सय ५२ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

२२ लाख २६ हजार ९५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।२४ घण्टाभित्र भारतमा तीन हजार पाँच सय ६३ जना सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या विश्वका अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।

भारतमा कोरोनाका कारण हालसम्म तीन लाख २२ हजार तीन सय ८४ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।ब्राजिलमा एकै दिन ५० हजार चार सय ९५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६३ लाख ९२ हजार छ सय ५७ पुगेको छ ।सङ्क्रमितमध्ये एक करोड ४८ लाख ११ हजार दुई सय ६६ जना उपचारपछि निको भएका छन् । ११ लाख २२ हजार दुई सय २० जनाको उपचार जारी छ ।उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र दुई हजार चार सय १८ जनाको कोरोनाका कारण मृत्यु भयो ।

हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख ५९ हजार एक सय ७१ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board