शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब विनियोजन

काठमाडौं, १५ जेठ ।  सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब भन्दा बढीको बजेट विनियोजन गरेको छ ।यो बजेट आगामी आर्थिक वर्षको बजेटमा सबैभन्दा धेरै विनियोजन हो ।
आर्थिक वर्ष २०७८ ७९ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्ष क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको बताए । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा वर्षमा १ खर्ब ७१ अर्ब बजेट विनियोजन भएको थियो ।यो बजेट पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ अर्थमन्त्री पौडेलले बताए । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्‍याएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board