विश्वमा चार लाख ८१ हजार : भारतमा एक लाख ७४ हजार सङ्क्रमित थपिए

काठमाडौँ, १५ जेठ । विराटनगर र छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र एक लाख ७४ हजार ४१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सङ्ख्या विश्वका अन्य मुलुकमा थपिएका नयाँ बिरामीको भन्दा अत्याधिक धेरै हो । तर भारतमा दैनिक थपिने सङ्क्रमित सङ्ख्याभन्दा निक्कै कम हो । भारतमा यसअघि चार लाखसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए । भारतमा हालसम्म दुई करोड ७८ लाख ९३ हजार चार सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये दुई करोड ५४ लाख ४६ हजार आठ सय २० जना उपचारपछि निको भए । २१ लाख २० हजार छ सय ५४ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन कोरोनाका कारण भारतमा तीन हजार छ सय १४ जनाको मृत्यु भयो । यो सङ्ख्या विश्वका अन्य मुलुकमा २४ घण्टाभित्र मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमित सङ्ख्याभन्दा केही कम हो ।

यसअघि भारतमा दैनिक चार हजार जनाको मृत्यु हुने गरेको थियो । कोरोनाकै कारण हालसम्म भारतमा तीन लाख २५ हजार नौ सय ९८ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट प्रभावित हुनेमध्ये भारत दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकामा एकै दिन ११ हजार नौ सय २९ नयाँ बिरामी थपिए । यो सङ्ख्या यसअघि अमेरिकामा भेटिने सङ्क्रमितको भन्दा निक्कै कम हो ।

अमेरिकामा हालसम्म तीन करोड ४० लाख ३४ हजार पाँच सय ८६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये दुई करोड ७८ लाख १८ हजार २७ जना उपचारपछि कोरोनामुक्त बनेका छन् ।

५६ लाख सात हजार एक सय ४२ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये छ हजार तीन सय ९३ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टाभित्र अमेरिकामा तीन सय ४६ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण छ लाख नौ हजार चार सय १७ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ७८ हजार नौ सय ४३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६४ लाख ७१ हजार छ सय पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ४८ लाख ६९ हजार छ सय ९६ जना उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् । ११ लाख ४० हजार सात सय ६२ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन ब्राजिलमा एक हजार नौ सय ७१ जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ब्राजिलमा चार लाख ६१ हजार एक सय ४२ पुगेको छ ।

विश्वमा एकै दिन चार लाख ८१ हजार ३० जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १७ करोड छ लाख सात हजार एक सय छ पुगेको छ ।

सङ्क्रमितमध्ये १५ करोड २७ लाख ३९ हजार ६० जना उपचारपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ४३ लाख २० हजार दुई सय ८३ जनाको उपचार भइरहेकोमा ९२ हजार तीन सय २२ जनाको अवस्था गम्भीर छ ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र १० हजार चार सय ७५ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वभर ३५ लाख ४७ हजार सात सय ६३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board