आठ लाख डोज चिनियाँ खोप ल्याइँदै

काठमाडौं,१७ जेठ । चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई सहयोगवापत घोषणा गरेको कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप ल्याइने भएको छ ।

चिनियाँ खोप लिनका लागि नेपाल एयरलाइन्सको चार्टर विमान आज ९सोमबार० राति ११ बजेतिर चीनको राजधानी बेइजिङ जाँदै छ । विमान भोलि ९मङ्गलबार० दिउँसो २ बजेतिर खोप लिएर फर्कने नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

उनका अनुसार पहिलो पटक आठ लाख डोज खोप ल्याउने तयारी छ । चिनियाँ राष्ट्रपति सीले गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सम्वादमा नेपाललाई १० लाख डोज खोप सहयोग गर्ने घोषणा गरेका थिए । बाँकी दुई लाख डोज खोप पुनः ल्याइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board